नेपाल राष्ट्र बैंकले सीसीडी रेसियो ८०%नघाउने बैंकलाई ७% हर्जाना गर्ने

Post Date : March 17, 2017 | 11:45 am

काठमाडौँ, ४ चैत । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले कोर पूँजी र निक्षेप अनुपात (सीसीडी रेसियो) ८० प्रतिशत नघाएमा ७ प्रतिशत हर्जाना तिर्नु पर्ने व्यवस्था गरेको छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गर्दै यस्तो व्यवस्था लागू गरेको हो । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९९ अनुसार बढी प्रवाहित कर्जा रकममा बैंक दरले हुन आउने बराबर रकम हर्जाना लगाइने जारी परिपत्रमा उल्लेख गरिएको छ । मौद्रिक नीति २०७४ को समीक्षामार्फत पूँजी/निक्षेपको ८० प्रतिशत मात्र ऋण दिन पाउने व्यवस्थालाई नेपाल राष्ट्र बैंकले विपन्न वर्गमा प्रत्यक्ष रूपमा प्रवाह गरेको २ प्रतिशतसम्म ऋण, व्यावसायिक कृषि कर्जामा ब्याज अनुदानसम्बन्धी सरकारी कार्यक्रममा गएको ऋण तथा कृषि, ऊर्जा, पर्यटन र घरेलु तथा साना उद्यममा गएको ५० प्रतिशत कर्जा रकमलाई सीसीडीमा गणना गर्ने गरी परिमार्जन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *