नेपाल राष्ट्र बैंकले स्विफ्ट म्यासेजको माध्यमबाट कारोवार गर्ने समय बढाएको छ

Post Date : April 14, 2016 | 7:56 am

नेपाल राष्ट्र बैंकले सोसाइटी फर वर्ल्डवाइड इन्टर बैंक फाइनान्सियल टेलिकम्युनिकेसन (स्विफ्ट) सँग जोडिएका बैंक तथा वित्तीय संस्थाले स्विफ्ट म्यासेजको माध्यमबाट कारोवार गर्ने समय बढाएको छ । नेपाल राष्ट्र बैंकले स्विफ्ट म्यासेजको माध्यमबाट आफूसँग कारोवार गर्ने बैंक तथा वित्तीय संस्थाले आइतवारदेखि विहीबार दिउँसो ३ बजेसम्म रकमान्तरका लागि प्राप्त अनुरोध सोही दिन काम सकिदिनु पर्छ । तर, सो समयभन्दा पछि भएको अनुरोधलाई सो दिनपछिको कार्यदिनमा रकमान्तर गर्नुपर्छ । यसअघि दिउँसो २ बजेसम्म आएको अनुरोधलाई मात्र सोही दिन रकमान्तर गर्नुपर्ने थियो । त्यसैगरी शुक्रबार अपरान्ह १२ बजेसम्म रकमान्तरको अनुरोध सोही दिन रकमान्तर गरी दिनु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *