नेपाल राष्ट्र बैंकले १० अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने

Post Date : April 23, 2017 | 8:48 am

काठमाडौँ, १० वैशाख । नेपाल राष्ट्र बैंक, राष्ट्रऋण व्यवस्थापन विभागले १० अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल बोलकबोलको माध्यमबाट बिक्री गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले ९१ दिने अवधिको ५ अर्ब ५० करोड रुपैयाँ र १८२ दिने अवधिको ५ अर्ब रुपैयाँको ट्रजरी बिल बिक्री गर्न लागेको हो । यी दुवै बिलको बोलकबोल अनलाइनमार्फत २०७३ वैशाख १२ गते सोमबार अपरान्ह ३ बजेभित्र पेश गरिसक्नु पर्नेछ । ९१ दिने ट्रेजरी बिल २०७४ साउन १० गते र १८२ दिने ट्रेजरी बिल २०७४ कार्तिक ७ गते परिपक्व हुनेछ ।

Sorry, the PDF couldn’t be displayed 🙁

Leave a Reply

Your email address will not be published. Required fields are marked *