नेपाल राष्ट्र बैंकले २०० करोड रुपैया बराबरको ९१ दिने ट्रेजरी बिल बिक्री गर्ने

Post Date : July 30, 2016 | 2:32 pm

काठमाडौं, १५ साउन । नेपाल राष्ट्र बैंक, राष्ट्र ऋण व्यवस्थापन विभागले २०० करोड रुपैया बराबरको ९१ दिने ट्रेजरी बिल बोलकबोलको माध्यमबाट २०७३ श्रावण १७ गते सोमबार बिक्री गर्ने भएको छ ।

गत हप्ता अर्थात २०७३ श्रावण १० गते ५० करोड रुपैयाको ९१ दिने ट्रेजरी बिलको लागि ४०२ करोड रुपैयाको बोलकबोल निवेदन परेको थियो । बोलकबोल परेको आवेदनबाट भारित औषतमा ०.१३२८ प्रतिशत ब्याजदर निर्धारण भएको छ । बोलकबोल आवेदनमा न्यूनतम ०.१००० प्रतिशत देखि अधिकतम ०.२००१ प्रतिशतसम्म परेको नेपाल राष्ट्र बैंक, राष्ट्र ऋण व्यवस्थापन विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *