नेपाल राष्ट्र बैंकले ३६४ दिने मुद्दती निक्षेप जारी गर्ने

Post Date : September 4, 2016 | 7:50 am

काठमाडौं, १९ भदौ । नेपाल राष्ट्र बैंक, वित्त व्यवस्थापन विभागले विभिन्न कोषमा रहेको रकम लगानी गर्नको लागि ‘क’ वर्गका वाणिज्य बैंकबाट ९४ करोड ४४ लाख १२ हजार रुपैया, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकबाट १७ करोड ७० लाख ७६ हजार रुपैया र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरूबाट आफूले लिन चाहेको रकम तथा ब्याजदर उल्लेख गरी मिति २०७३ असोज २ गतेदेखि २०७४ भदौ ३१ गतेसम्म ३६४ दिने मुद्दती निक्षेप लिनको लागि शिलबन्दी दरभाउपत्र फाराम भरी २०७३ भाद्र २० गते दिउँसो ३ बजेभित्र बुझाउन आह्वान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *