नेपाल राष्ट्र बैंकले ५ अर्ब रुपैयाँको विकास ऋणपत्र–२०८६ ‘क’ बोलकबोल प्रक्रियाद्वारा बिक्री गर्ने

Post Date : March 27, 2017 | 9:45 pm

काठमाडौँ, १४ चैत । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंक राष्ट्रऋण व्यवस्थापन विभागले १३ वर्ष अवधिको ५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र २०८६ ‘क’ बोलकबोल प्रक्रियाद्वारा बिक्री गर्ने भएको छ ।

उक्त विकास ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाल नागरिकले २०७३ चैत १५ गते मंगलबार अपरान्ह ३ बजे भित्र बोलकबोल निवेदन पेश गरिसक्नु पर्नेछ ।

न्यूनतम पचास हजार रुपैयाँ र बढीमा कुल निष्काशित रकमसम्म नबढाई पचास हजार रुपैयाँले भाग गर्दा निःशेष जाने अंकसम्म बोलकबोल गर्न सकिनेछ । विकास ऋणपत्रको ६/६ महिनामा ब्याज पाइनेछ भने आर्जित ब्याजमा कर लाग्नेछ ।

यो विकास ऋणपत्रको साँवा रकम २०८६ चैत १६ गते भुक्तानी हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *