नेपाल लाइफ इन्स्योरेन्सको एफपीओमा करिब ५२ अर्ब रुपैयाँको आवेदन

Post Date : January 17, 2017 | 2:01 pm

काठमाडौँ, ४ माघ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एफपीओ (फर्दर पब्लिक अफरिङ) मा ५१ अर्ब ८८ करोड ४४ लाख रुपैयाँ बराबरको आवेदन परेको छ ।

नेपाल लाइफ इन्स्योरेन्सले प्रति कित्ता एकसय रुपैयाँको शेयरमा एकहजार तीनसय पच्चीस रुपैयाँ प्रिमियम थप गरी एकहजार चारसय पच्चीस रुपैयाँको दरमा ३० लाख ९६ हजार ४ सय २९ कित्ता एफपीओ जारी गरेको हो । जसमा एफपीओमार्फत ४ अर्ब ४१ करोड २४ लाख ११ हजार रुपैयाँ संकलन हुनेछ ।

नेपाल लाइफ इन्स्योरेन्सको एफपीओमा २ लाख ४८ हजार आवेदनबाट ५१ अर्ब ८८ करोड ४४ लाख रुपैयाँको आवेदन परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *