नेपाल लाइफ इन्स्योरेन्सले साधारण शेयर निष्काशन गर्ने

Post Date : June 10, 2016 | 12:23 pm

काठमाडाैं, २८ जेठ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १६औं वार्षिक साधारणसभाबाट पारित भए बमोजिम संस्थापक र सर्वसाधारण समूहको शेयर स्वामित्व क्रमशः ७० र ३० प्रतिशत कायम गर्न आवश्यक हुने ३० लाख ९६ हजार ४२९ कित्ता शेयर थप साधारण शेयर निष्काशन एनबिओमार्फत प्रिमियममा जारी गर्नका लागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा छनोट गरेको छ ।

थप साधारण शेयर निष्काशन सम्झौता पत्रमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विवेक झा तथा सिद्धार्थ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमिल्सिनाले हस्ताक्षर गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *