नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एफपिओ स्वीकृत

Post Date : December 30, 2016 | 5:00 pm

काठमाडौँ, १५ पुस । नेपाल धितोपत्र बोर्डले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई फर्दर पब्लिक अफर (एफपिओ) निष्कासनका लागि स्वीकृती दिएको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १ हजार ४ सय पच्चिस (१ हजार ३ सय पच्चिस रुपैया प्रिमियम सहित) मूल्यमा एफपिओ निष्काशन गर्न अनुमति पाएको हो ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ३० लाख ९६ हजार ४ सय २९ कित्ता एफपिओ निष्काशन गर्ने भएको छ । एफपिओ निष्काशन सिद्धार्थ क्यापिटल लिमिटेडले गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *