नेपाल लाइफ इन्स्योरेन्सको क्षेत्रीय कार्यालय पोखरामा

Post Date : April 9, 2017 | 7:43 am

काठमाडौँ, २७ चैत । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पोखारमा क्षेत्रीय कार्यालय स्थापना गरेको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले सो क्षेत्रीय कार्यालयको उद्घाटन गर्नु भएको छ । नेपाल लाइफ इन्स्योरेन्सले जीवन बीमा व्यवसायको बजार विस्तार गर्ने उद्देश्यले क्षेत्रीय कार्यालय पोखरामा स्थापना गरेको जनाएको छ ।

नेपाल लाइफ इन्स्योरेन्सको बीरगञ्जमा हालै सम्पन्न १७ औँ वार्षिक साधारण सभाले २०७३ असार मसान्तसम्म कायम चुक्ता पूँजीमा थप साधारण शेयर निष्काशन (एफपिओ) पश्चात कायम हुने चुक्ता पूँजीमा २५ प्रतिशत अर्थात ६१ करोड ९२ लाख ८५ हजार ७ सय २५ रुपैयाँ बराबरको बोनस शेयर र सोमा लाग्ने ३ करोड २५ लाख ९३ हजार ९ सय ८६ रुपैयाँ (कर प्रयोजनको लागि) नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *