नेपाल लाइफ इन्स्योरेन्सले ल्यायो ‘स्मार्ट जीवन बीमा’

Post Date : April 10, 2017 | 7:54 am

काठमाडौँ, २८ चैत । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दैनिक १० रुपैयाँमा १० लाख रुपैयाँसम्मको बीमा ‘स्मार्ट जीवन बीमा’ योजना ल्याएको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले नयाँ बीमा योजनाको शुरुवात पोखरामा गर्नु भएको छ ।

नेपाल लाइफ इन्स्योरेन्सको हालै बीरगञ्जमा सम्पन्न १७ औँ वार्षिक साधारण सभाले शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *