नेपाल लाइफ इन्स्योरेन्सको उपशाखा झापाको गौरादहमा

Post Date : July 26, 2017 | 5:05 pm

काठमाडौँ, ११ साउन । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले झापाको गौरादहमा उपशाखा कार्यालय स्थापना गरेको छ । उक्त उपशाखा कार्यालयको उद्घाटन बीमा समितिका निमित्त कार्यकारी अधिकृत श्रीमान् कार्कीले गर्नु भएको थियो । कम्पनी चालु आर्थिक वर्ष २०७४/७५ भित्र देशका ७५ वटै जिल्लामा सेवा विस्तारका लागि पहल भइरहेको जनाएको छ ।

कम्पनीले गत आर्थिक वर्ष २०७३/७४ मा कुल बीमा शुल्क अन्दाजी करिब १२ अर्ब रुपैयाँ, जीवन बीमा कोष करिब ४० अर्ब रुपैयाँ र कुल लगानी करिब ४७ अर्ब रुपैयाँ भन्दा बढी गरेको छ । कम्पनीले समग्र जीवनबीमा क्षेत्रमा अग्रस्थान हासिल गर्न सफल भएको दाबी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *