नेपाल वायुसेवा निगमको नाफा ११ अर्ब ७ करोड

Post Date : August 18, 2016 | 4:40 pm

काठमाडौं, २ भदौ । नेपाल वायुसेवा निगमले गत आ.व. २०७२/७३ मा अन्तर्राष्ट्रिय उडान गरेर ७ अर्ब ५७ करोड रुपैया मुनाफा गरेको छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्य वायुसेवा कम्पनीलाई उपलब्ध गराइएको “ग्राउण्ड ह्यान्डलिङ” बाट ३ अर्ब ५० करोड रुपैया कमाएको छ । निगम उक्त आ.व.मा १६ अर्ब ८५ करोड रुपैया आम्दानी गर्ने लक्ष्य राखेको थियो । निगमले लक्ष्य लिएको रकमको ६५ प्रतिशत मात्र सफलता हात पारेको छ ।

निगमले अन्तर्राष्ट्रिय उडान तर्फ गत आ.व. २०७२/७३ मा २ हजार ७ सय ६६ उडान गर्ने लक्ष्य लिएकोमा २ हजार ७ सय ३६ उडान गर्न सफल भएको छ । यो लक्ष्यको ९८ प्रतिशत हो । त्यस्तै निगमले गत आ.व.मा ३ लाख ४४ हजार जना यात्रुलाई सेवा दिएको छ । यसमा निगमले ठूलो सफलता पाएको अघिल्लो आ.व.को तथ्यांकले देखाएको छ । निगमले सन् २०१४ मा २ लाख ६ हजार ४३० यात्रुलाई सेवा दिएको थियो । सन् २०१५ मा २ लाख ५३ हजार ६ सय ५८ यात्रु पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *