नेपाल वायुसेवा निगमले ४ वटा नया जहाज खरिद गर्ने

Post Date : August 5, 2016 | 11:15 am

काठमाडौं, २१ साउन । नेपाल वायुसेवा निगमले दुबई उडान गर्ने औपचारिक घोषणा गरेको छ । निगमले सन् २०२० सम्म ४ वटा नया जहाज खरिद गरिसक्ने र हाल उडान गरिरहेका न्यारोबडि सहित ७ वटा जहाज मार्फत अन्तर्राष्ट्रिय उडान गर्ने लक्ष्य रहेको जनाएको छ ।

नया जहाज खरिद प्रक्रिया सरकारले सहमति दिइसकेकोले डेढवर्षभित्र २ वटा वाइडबडि जहाज खरिद गर्ने निगमले जनाएको छ ।

निगमले २ वाइडबडि जहाज खरिद गरेर उडान सुरु गरेको पहिलो वर्षमा १ सय मिलियन डलर आम्दानी गर्ने र त्यस्तै दोस्रो वर्षमा एकसय ५८ मिलियन डलर कमाउने योजना बनाएको छ ।

नेपालले भारतका २४ वटा स्थानमा उडान गर्न सक्ने भए पनि हाल ३ वटा स्थानमा मात्र उडान गरिरहेको छ । त्यस्तै नेपालले चीनका ६ वटा स्थानमा उडान गर्न पाउने सम्झौता गरेको छ ।

निगमले अहिले नयादिल्ली, मुम्बई, बैंग्लोर, मलेसिया, कतार, हङकङ र बैंककमा उडान गरिेरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *