नेपाल स्टक एक्सचेञ्जमा ७ वटा बैंक तथा वित्तीय संस्थाको शेयर सूचीकृत

Post Date : April 4, 2017 | 7:10 am

काठमाडौँ, २२ चैत । नेपाल स्टक एक्सचेञ्जमा हिजो सोमबार माछापुच्छ्रे बैंकको ८० लाख १८ हजार ९ सय कित्ता बोनस शेयर तथा १ करोड ९३ लाख २२ हजार ७ सय कित्ता हकप्रद शेयर, एनएमबी बैंकको १ करोड ३ लाख १७ हजार १ सय १८ दशमलब ६८ कित्ता बोनस शेयर, सिद्धार्थ बैंकको १ करोड ४७ लाख ३२ हजार ६ सय दशमलब ६८ कित्ता बोनस शेयर, विराटलक्ष्मी विकास बैंकको ७ लाख ८६ हजार ९ सय १२ दशमलब ०६ कित्ता बोनस शेयर, विजय लघुवित्त वित्तीय संस्थाको २ लाख १० हजार कित्ता बोनस शेयर, कसमस डेभलपमेन्ट बैंकको १ लाख १८ हजार ७ सय ३७ दशमलब ५० कित्ता बोनस शेयर र वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाको १ लाख ८ हजार कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *