नेपाल हाइड्रोको आइपिओ

Post Date : December 2, 2016 | 11:13 am

काठमाडौँ, १७ मङ्सिर । नेपाल हाइड्रो डेभलपर लिमिटेडले रु १००।– अंकित दरका २ लाख ६० हजार कित्ता बराबर २ करोड ६० लाख रुपैयाँ बराबरको प्राथमिक शेयर निष्काशनको लागि बिक्री आह्वान गरेको छ ।

कम्पनीले दोलखा चर्नावती खोला जलविद्युत आयोजना निर्माण गरी संचालनमा ल्याएको छ । आयोजनाको क्षमता ३ दशमलब ५ मेगावाट रहेको छ ।

दोलखाका आयोजना प्रभावितका क्षेत्रका लागि प्राथमिक शेयर निष्काशन गर्न लागिएको हो । दोलखा जिल्लाको भिमेश्वर ८, ९ र ११, मागपौवा ५ र काटाकुटी ६ का स्थानीय बासिन्दाले उक्त शेयर खरिद गर्न आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावितहरूले हाइड्रोको प्राथमिक शेयरका लागि अरनिको डेभलपमेन्ट बैंकको दोलखा तथा चरिकोट शाखा, कालिन्चोक डेभलपमेन्ट बैंकको चरिकोट तथा बाघखोर शाखाबाट आवेदन दिन सकिने कम्पनीले जारी गरेको सूचनामा जनाएको छ ।

कम्पनीको अधिकृत पूँजी ६० करोड, जारी पूँजी २६ करोड रुपैयाँ रहेको छ । हाल चुक्ता पूँजी १९ करोड ५० लाख रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *