नेपाल हाइड्रो डेभलोपरले ३ लाख ९० हजार साधारण शेयरको निष्काशन गर्न धितोपत्र बोर्डसँग अनुमती माग

Post Date : March 25, 2017 | 8:39 pm

काठमाडौँ, १२ चैत । नेपाल हाइड्रो डेभलोपर लिमिटेडले ३ लाख ९० हजार कित्ता साधारण शेयर (आइपिओ) निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले दोलखा जिल्लाको चर्नावती खोलामा ५ दशमलब २ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । कम्पनीको चुक्ता पूँजी २६ करोड रुपैयाँमध्ये संस्थापकको ७५ प्रतिशत अर्थात १९ करोड ५० लाख रुपैयाँ र स्थानीय जनता र सर्वसाधारण (कर्मचारी समेत) को २५ प्रतिशत अर्थात ६ करोड ५० लाख रुपैयाँ रहेको छ । जसमध्ये आयोजना प्रभावित क्षेत्र भिमेश्वर न.पा., वडा नं. ८, ९ र ११, मागपौवा गाविस वडा नं. ५ र काटाकुटी गाविस वडा नं. ६ का बासिन्दालाई रु.१००।– अंकित दरका २ लाख ६० हजार कित्ता शेयर निष्काशन गरिसकेको छ ।

कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेडलाई तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *