नेप्सेमा ४२ अंकको गिरावट

Post Date : March 4, 2018 | 8:53 pm

काठमाडौँ, २० फागुन । निरन्तर ओरालो लागेको नेप्से आज ४१.५६ अंकले झरेको छ ।

नेपाल स्टक एक्सचेञ्जमा सबै परिसूचक नकारात्मक रही एक हजार ३०४ अंकमा ओर्लिएको हो ।

यो एक वर्षयताकै न्यून बिन्दु हो । ‘क’ वर्गका कम्पनीको मापन गर्ने सेन्सेटिभ इण्डेक्समा ३.०१ अंकले ओरालो लागेको छ भने नेप्से ३.०९ प्रतिशतले घटेको छ ।

सबैभन्दा बढी बीमा समूहको परिसूचक २८६ अंकले घटेको छ । सेयर बजारमा १५१ कम्पनीको १३ लाख ११ हजार कित्ता सेयर पाँच हजार ९४३ पटक किनबेच भएको छ भने रु ४८ करोड बराबरको कारोबार भएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *