नेप्सेले म्यादभित्र नविकरण शुल्क नबुझाउने कम्पनीको कारोवार स्थगन गर्ने

Post Date : September 21, 2016 | 8:50 am

काठमाडौं, ५ असोज । नेपाल स्टक एक्सचेञ्जले धितोपत्र कारोवार नियमावली, २०५० को अनुसूची ९ बमोजिम सूचीकृत कम्पनीले चालु आ.व. २०७३/७४ को वार्षिक नविकरण शुल्क यही असोज मसान्तसम्ममा बुझाई सक्नु पर्ने र उक्त समयभित्र नविकरण शुल्क नबुझाएमा शेयर कारोवार स्थगन गरिने सूचना निकालेको छ ।

कम्पनीको चुक्ता पूँजी १ करोड रुपैयासम्म रु १५,०००/–, १ करोड रुपैयादेखि ५ करोड रुपैया सम्म रु २५,०००/–, ५ करोड रुपैयादेखि १० करोड रुपैयासम्म रु ३५,०००/– र १० करोड रुपैयादेखि माथि रु ५०,०००/– तिर्नु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *