नेप्सेले लगायो सर्किट ब्रेक, ६४.५५ अङ्कले घट्यो बजार

Post Date : November 27, 2016 | 3:48 pm

काठमाडौँ, १२ मङ्सिर । धितोपत्र बजारमा नेप्से परिसूचक अस्वाभाविक रुपमा घटेपछि नेपाल स्टक एक्चेन्जले सर्किट ब्रेक लगाउनु परेको थियो । कारोबार सुरु हुने बित्तिकै घट्न थालेको नेप्से परिसूचक एक हजार पाँच सय ३४ बाट ६४.४८ अङ्कले घटेर एक हजार चार सय ६९ बिन्दुमा कायम रहेको छ । साताको पहिलो दिन कारोबार सुरु हुने बित्तिकै प्रत्येक मिनेटमा एक अङ्कभन्दा बढीको दरले नेप्से घटेपछि सर्किट ब्रेक लगाउनु परेको स्टकले जनाएको छ ।

कुल ६३२० कारोवारबाट १४ लाख ५९ हजार ४४६ कित्ता शेयर किनबेच भई ९५ करोड ६० लाख ४ हजार १९ रुपैयाको कारोवार भएको छ ।

कुल १२८ कम्पनीहरूको कारोवार भएको अाजको शेयरबजारमा सबै समूह अोरालो लागेको छ । नेप्सेले १५ मिनेट कारोबार रोकेर पुनः कारोबार सुरु गरेको थियो ।

वाणिज्य बैंकहरुको ५२.५४ अंकले घटेर ४७ करोड ८३ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने होटल समूहको १४६.०४ अंकले घटेर २६ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । विकास बैंक समूहको ६५.७७ अंकले घटेर ८ करोड ८९ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने जलविद्युत समूहको १०४.२९ अंकले घटेर ४ करोड ४४ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ । फाइनान्स समूहको २६.७ अंकले घटेर १ करोड ३८ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने बिमा समूहको ५६२.९४ अंकले घटेर २५ करोड ७७ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ भने । त्यस्तै अन्य समूह १९.०८ अंकले घटेर ६० लाख ७१ हजार ८० सय रुपैयाको कारोवार भएको छ ।

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा बढी एभरेष्ट बैंक लिमिटेडको ११ करोड १२ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै दोस्रोमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको ६ कराेड १८ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *