नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि, कारोवार रकम भने घट्यो

Post Date : July 21, 2016 | 3:30 pm

काठमाडाैं, ६ साउन । अाज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ११.९९ अंकले बढेर १७९८.८३ बिन्दुमा पुगेको छ । कुल ७५२३ कारोवारबाट ३१ लाख ५४ हजार ४९२ कित्ता शेयर किनबेच भई १ अर्ब ४८ करोड ६९ लाख ३८ हजार १५३ रुपैयाको कारोवार भएको छ ।

अाज जलविद्युत समूहको शेयर कारोवार अोरालो लागेको छ भने अरु सबै समूहको कारोवार उकालो लागेकाे छ ।

वाणिज्य बैंकहरुको ५.८ अंकले बढेर ७६ करोड रुपैयाभन्दा बढीको कारोवार भएको छ भने होटल समूहको ११.७९ अंकले बढेर १ करोड २८ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै विकास बैंक समूहको २१.८७ अंकले बढेर २७ करोड रुपैयाभन्दा बढीको कारोवार भएको छ भने फाइनान्स समूहको ५.८३ अंकले बढेर साढे ४ करोड २२ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ । बीमा कम्पनीहरुको १२५.५६ अंकले बढेर २५ करोड ४६ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने उत्पादन समूहको ६९.०८ अंकले बढेर १ करोड ११ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै अन्य समूहको ५.७८ अंकले बढेर २ करोड २४ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ ।

जलविद्युत समूहको भने ९.९ अंकले घटेर ५ करोड रुपैयाभन्दा बढीको कारोवार भएको छ ।

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा बढी सिद्धार्थ बैंक लिमिटेडको करिब १३ कराेड रुपैयाको कारोवार भएकाे छ । त्यस्तै दोस्रोमा नेपाल बैंक लिमिटेडको ७ करोड रुपैयाभन्दा बढीको कारोवार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *