नेप्से परिसूचकमा सामान्य गिरावट, कारोवार रकम भने २ अर्ब भन्दा बढी

Post Date : July 28, 2016 | 4:44 pm

काठमाडाैं, १३ साउन । अाज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ३.५२ अंकले बढेर १८७७.९३ बिन्दुमा पुगेको छ । कुल १०१२३ कारोवारबाट १ करोड ७ लाख ७ हजार १४६ कित्ता शेयर किनबेच भई २ अर्ब ३० करोड ५ लाख १६ हजार २४८ रुपैयाको कारोवार भएको छ ।

फाइनान्स र बीमा समूह बाहेक अरु सबै समूहहरुमा शेयर कारोवार अोरालो लागेको छ ।

वाणिज्य बैंकहरुको २.७५ अंकले घटेर १ अर्ब १९ करोड रुपैयाभन्दा बढीको कारोवार भएको छ भने होटल समूहको ०.११ अंकले घटेर ४ करोड ७८ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै विकास बैंक समूहको ४.६८ अंकले घटेर ३८ करोड १२ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने जलविद्युत समूहको ९.१७ अंकले घटेर १० करोड ८६ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ । त्यस्तै उत्पादन समूहको ६०.२९ अंकले घटेर १० लाख ५३ हजार ७९० रुपैयाको मात्रै कारोवार भएको छ भने अन्य समूहको ४.३४ अंकले घटेर १ करोड २१ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ ।

फाइनान्स समूहको ५.९९ अंकले बढेर ११ करोड ३१ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने बीमा कम्पनीहरुको ३.६५ अंकले बढेर २५ करोड १३ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ ।

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा बढी नेपाल बैंक लिमिटेडको २३ करोड ५० लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै दोस्रोमा सिद्धार्थ बैंक लिमिटेडको करिब ११ कराेड ५३ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *