नेप्से परिसूचकमा ३.८८ अंकको गिरावट

Post Date : August 7, 2016 | 5:12 pm

काठमाडाैं, २३ साउन । अाज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ३.८८ अंकले घटेर १७६४.७२ बिन्दुमा पुगेको छ । कुल ८०६८ कारोवारबाट २१ लाख १६ हजार ३५४ कित्ता शेयर किनबेच भई १ अर्ब ५३ करोड १४ लाख ७४ हजार ६७६ रुपैयाको कारोवार भएको छ ।

वाणिज्य बैंक, जलविद्युत, बीमा र उत्पादन समूहहरूको कारोवारमा अोरालो लागेको छ भने होटल, विकास बैंक, फाइनान्स र अन्य समूहहरूको कारोवार उकालो लागेको छ ।

वाणिज्य बैंकहरुको ७.२६ अंकले घटेर ९० करोड ९० लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने जलविद्युत समूहको ०.०२ अंकले घटेर ७ करोड ६९ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ । त्यस्तै बीमा कम्पनीहरुको ५८.४ अंकले घटेर २१ करोड ५० लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने उत्पादन समूहको ८१.९९ अंकले घटेर २३ लाख ७२ हजार १० रुपैयाको कारोवार भएको छ ।

होटल समूहको ४.३५ अंकले बढेर १ करोड ७ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने विकास बैंक समूहको ३.९७ अंकले बढेर २० करोड ४२ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । फाइनान्स समूहको ०.६३ अंकले बढेर ५ करोड ४५ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने अन्य समूहको १७.६४ अंकले बढेर २ करोड २३ लाख ७९ हजार ७०० रुपैयाको कारोवार भएको छ ।

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा बढी नेपाल बङ्गलादेश बैंक लिमिटेडको ११ करोड ५३ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै दोस्रोमा नेपाल बैंक लिमिटेडको १० कराेड ७६ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *