नेप्से परिसूचक अोरालो लागे पनि कारोवार रकम भने २ अर्बभन्दा माथि नै

Post Date : July 20, 2016 | 3:57 pm

काठमाडाैं, ५ साउन । अाज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा १३.६३ अंकले घटेर १७८६.८४ बिन्दुमा पुगेको छ । कुल ९२९१ कारोवारबाट ३४ लाख ७४ हजार ८०१ कित्ता शेयर किनबेच भई २ अर्ब १२ करोड ९१ लाख १५ हजार ७१३ रुपैयाको कारोवार भएको छ ।

अाज उत्पादन समूहबाहेक अरु सबै समूहको कारोवार अोरालो लागेकाे छ ।

वाणिज्य बैंकहरुको ११.५१ अंकले घटेर १ अर्ब २४ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने होटल समूहको ३५.५५ अंकले घटेर २ करोड १३ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै विकास बैंक समूहको ६.२८ अंकले घटेर करिब ३० करोड रुपैयाको कारोवार भएको छ भने जलविद्युत समूहको १२.०६ अंकले घटेर ४ करोड ४४ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । फाइनान्स समूहको १.८२ अंकले घटेर ४ करोड ४० लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ भने बीमा समूहको कारोवार १२५.९२ अंकले घटेर ३४ करोड रुपैयाभन्दा बढीको कारोवार भएको छ ।

उत्पादन समूहको ५२.९९ अंकले बढेर करिब ८ लाख रुपैयाको कारोवार भएको छ ।

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा बढी सिद्धार्थ बैंक लिमिटेडको ३९ कराेड रुपैयाभन्दा बढीको कारोवार भएकाे छ । त्यस्तै दोस्रोमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको १० करोड रुपैयाभन्दा बढीको कारोवार भएको छ ।

अाज शेयरबजार १३.६३ अंकले घटे पनि कारोवार भएको रकम भने खासै घटेन । हिजो जस्तै अाज पनि शेयरबजारले २ अर्ब रुपैयाभन्दा बढी नै कारोवार गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *