नेप्से परिसूचक अोरालो लाग्ने क्रम जारी, कारोवार रकममा पनि खासै सुधार हुन सकेन

Post Date : July 12, 2016 | 3:47 pm

काठमाडाैं, २८ असार । अाज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ९.२० अंकले घटेर १६९३.०७ बिन्दुमा पुगेको छ । कुल ५२१३ कारोवारबाट १६ लाख ३९ हजार ३५७ कित्ता शेयर किनबेच भई १ अर्ब १३ करोड ९१ लाख ७२ हजार १७१ रुपैयाको कारोवार भएको छ । अाज कारोवार भएको रकममा पनि खासै सुधार अाउन सकेन ।

अाज उत्पादन र अन्य समूहबाहेक अरु सबै समूहहरुको कारोवार अोरालो लागेको छ । वाणिज्य बैंकहरुको ६.०१ अंकले घटेर ४६ करोड रुपैयाभन्दा बढीको कारोवार भएको छ । होटल समूहको ११.७३ अंकले घटेर करिब ४२ लाख रुपैयाको कारोवार भएको छ भने विकास बैंक समूहको २७.२५ अंकले घटेर २२ करोड रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै जलविद्युत समूहको ३४.७७ विन्दुले घटेर करिब ७ करोड रुपैयाको कारोवार भएको छ भने फाइनान्स समूहको १४.३३ अंकले घटेर ३ करोड रुपैयाभन्दा बढीको कारोवार भएको छ । बीमा समूहको ९७.२१ अंकले घटेर २८ करोड रुपैयाभन्दा बढीको कारोवार भएको छ ।

उत्पादन र अन्य समूहमा भने क्रमशः ३०.९ र १९.९७ अंकले बढेको छ । उत्पादन समूहको ८४ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ भने अन्य समूहको ३८ लाखभन्दा बढीको कारोवार भएको छ ।

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा बढी जनता बैंक नेपाल लिमिटेडको ९ कराेड रुपैयाभन्दा बढीको कारोवार भएकाे छ । त्यस्तै दोस्रोमा एभरेष्ट बैंक लिमिटेडको ७ करोड रुपैयाभन्दा बढीको कारोवार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *