नेप्से परिसूचक निरन्तर उकालोतिर, जलविद्युत समूहको कारोवार बढ्यो

Post Date : August 30, 2016 | 5:23 pm

काठमाडाैं, १४ भदाै । अाज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा २१.५४ अंकले बढेर १७८८.०८ बिन्दुमा पुगेको छ । कुल ६७९६ कारोवारबाट १८ लाख ९७ हजार ०८२ कित्ता शेयर किनबेच भई १ अर्ब ४५ करोड १२ लाख ४४ हजार ८४५ रुपैयाको कारोवार भएको छ ।

अाज साताको तेस्रो दिन सबै समूहको नेप्से परिसूचक उकालो लागेकाे छ ।

वाणिज्य बैंकहरुको २४.३ अंकले बढेर ७५ करोड ७५ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने होटल समूहको ११.९७ अंकले बढेर ४५ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । विकास बैंक समूहको १८.५७ अंकले बढेर १६ करोड ७८ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने जलविद्युत समूहको ९०.७१ अंकले बढेर १० करोड ८१ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ । फाइनान्स समूहको ३.७८ अंकले बढेर २ करोड ९ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने बीमा कम्पनीहरुको १५.२६ अंकले बढेर ३२ करोड ५ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै उत्पादन समूहको ७२.१४ अंकले बढेर १४ लाख ९४ हजार ५६० रुपैयाको कारोवार भएको छ भने अन्य समूहको ३.७६ अंकले बढेर १ करोड ८९ लाख १६ हजार रुपैयाको कारोवार भएको छ ।

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा बढी चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको ८ करोड ७८ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै दोस्रोमा नेपाल बंगलादेश बैंक लिमिटेडको ८ कराेड १३ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *