नेप्से परिसूचक १८३८ विन्दुमा पुग्यो, २ अर्बभन्दा बढीको कारोवार

Post Date : July 25, 2016 | 3:42 pm

काठमाडाैं, १० साउन । अाज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ३९.६६ अंकले बढेर १८३८.४९ बिन्दुमा पुगेको छ । कुल १०१४२ कारोवारबाट ४७ लाख ४० हजार ९७२ कित्ता शेयर किनबेच भई २ अर्ब २४ करोड २ लाख ९ हजार ६२४ रुपैयाको कारोवार भएको छ ।

शेयर कारोवार हुने पहिलो दिन अाइतबार हालै कायम गरिएको शेयर ब्रोकरहरुको कमिशन सफ्टवेयरमा मिलाउनु पर्ने कारणले कारोवार भएको थिएन । अाज शेयर कारोवारले भने नया उचाई छोएको छ । अाज २ अर्ब २४ करोड रुपैयाभन्दा बढी रकम कारोवार भएको छ । जलविद्युत समूहको शेयर कारोवार अोरालो लागेको छ भने अरु सबै समूहको कारोवार उकालो लागेकाे छ ।

वाणिज्य बैंकहरुको ४२.०९ अंकले बढेर १ अर्ब २० करोड रुपैयाभन्दा बढीको कारोवार भएको छ भने होटल समूहको ४३.०३ अंकले बढेर ५३ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै विकास बैंक समूहको ८१.८५ अंकले बढेर ३२ करोड ७७ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने फाइनान्स समूहको २०.९९ अंकले बढेर साढे १४ करोड ५० लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ । बीमा कम्पनीहरुको ८३.९२ अंकले बढेर ३९ करोड ८४ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने उत्पादन समूहको ३.२१ अंकले बढेर ३३ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै अन्य समूहको ८.९७ अंकले बढेर २ करोड १५ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ ।

जलविद्युत समूहको १२.२ अंकले घटेर ५ करोडभन्दा बढीको कारोवार भएको छ । गएको साता अन्तिम दिन पनि यस समूहको ९.९ अंकले घटेर ५ करोड रुपैयाभन्दा बढीको कारोवार भएको थियो ।

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा बढी सिद्धार्थ बैंक लिमिटेडको करिब १९ कराेड रुपैयाको कारोवार भएकाे छ । त्यस्तै दोस्रोमा प्राइम कमर्सियल बैंक लिमिटेडको १० करोड रुपैयाभन्दा बढीको कारोवार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *