नेप्से परिसूचक ४.१० अंकले घट्यो

Post Date : September 6, 2016 | 4:14 pm

काठमाडाैं, २१ भदाै । अाज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ४.१० अंकले घटेर १८३४.८० बिन्दुमा पुगेको छ । कुल ८२९२ कारोवारबाट २२ लाख ६० हजार ९४३ कित्ता शेयर किनबेच भई १ अर्ब ८१ करोड ४० लाख ११ हजार ४६४ रुपैयाको कारोवार भएको छ ।

अाज साताको तेस्रो दिन भने नेप्से परिसूचक अोरालो लागेको छ । जलविद्युत र फाइनान्स समूह बाहेक अरु सबै समूहमा मूल्य घटी राताम्मै बनेका छन् ।

जलविद्युत समूहको १६.४४ अंकले बढेर २ करोड ५० लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने फाइनान्स समूहको २.६२ अंकले बढेर ३ करोड १३ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ ।

वाणिज्य बैंकहरुको २.४२ अंकले घटेर १ अर्ब १४ करोड २८ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने विकास बैंक समूहको ३.५५ अंकले घटेर २७ करोड ६२ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । होटल समूहको ७८.९३ अंकले घटेर ६८ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने इन्स्योरेन्स समूहको ४७.४२ अंकले घटेर २६ करोड ४५ हजार रुपैयाको कारोवार भएकाे छ । त्यस्तै उत्पादन समूहको १५.८२ अंकले घटेर २ लाख ८४ हजार ३५० रुपैयाको कारोवार भएको छ भने अन्य समूहको २.३२ अंकले घटेर १ करोड ७४ लाख ६२ हजार ५०० रुपैयाको कारोवार भएको छ ।

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा सनराइज बैंक लिमिटेडको १५ करोड ६ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै दोस्रोमा नेपाल बंगलादेश बैंक लिमिटेडको १२ कराेड ७१ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *