नेप्से परिसूचक ६.२४ अंकले घट्यो

Post Date : September 11, 2016 | 5:05 pm

काठमाडाैं, २६ भदाै । अाज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ६.२४ अंकले घटेर १८१६.८१ बिन्दुमा पुगेको छ । कुल ५७६५ कारोवारबाट १८ लाख ५१ हजार १९१ कित्ता शेयर किनबेच भई १ अर्ब १७ करोड ७५ लाख ३७ हजार ८६१ रुपैयाको कारोवार भएको छ ।

अाज साताको पहिलो दिन नेप्से परिसूचक अोरालो लागेको छ । बैंक, होटल। फाइनान्स र बीमा समूहको शेयर मूल्य घटेको छ भने होटल, विकास बैंक, जलविद्युत र अन्य समूहको शेयर मूल्य बढेको छ ।

विकास बैंक समूहको ०.९१ अंकले बढेर २२ करोड ६६ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने जलविद्युत समूहको ३०.४४ अंकले बढेर ६ करोड ९१ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै अन्य समूहको ३.१९ अंकले बढेर २ करोड ७६ लाख ८५ हजार ९ सय रुपैयाको कारोवार भएको छ ।

वाणिज्य बैंकहरुको ११.४ अंकले घटेर ४९ करोड ३२ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने होटल समूहको ३७.६५ अंकले घटेर ५३ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । फाइनान्स समूहको १.७ अंकले घटेर १ करोड ८७ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने बिमा समूहको २२.०४ अंकले घटेर २५ करोड २४ लाख रुपैयाको कारोवार भएकाे छ ।

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा नेपाल बङ्गलादेश बैंक लिमिटेडको ६ करोड ६ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै दोस्रोमा चिलिमे हाइड्रो कम्पनी लिमिटेडको ५ कराेड २६ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *