नेप्से परिसूचक ९.३७ अंकले बढ्यो, होटल र जलविद्युत समूहको मूल्यमा गिरावट

Post Date : August 31, 2016 | 5:20 pm

काठमाडाैं, १५ भदाै । अाज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ९.३७ अंकले बढेर १७९७.४५ बिन्दुमा पुगेको छ । कुल ६१९४ कारोवारबाट १७ लाख ५९ हजार ३७९ कित्ता शेयर किनबेच भई १ अर्ब २५ करोड ३७ लाख ९२ हजार ६३७ रुपैयाको कारोवार भएको छ ।

अाज साताको चौथो दिन होटल र जलविद्युत समूह बाहेक अरु सबै समूहको नेप्से परिसूचकमा सुधार अाएको छ ।

वाणिज्य बैंकहरुको ९.३८ अंकले बढेर ५५ करोड ८३ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने विकास बैंक समूहको १७.२१ अंकले बढेर १४ करोड ५८ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । फाइनान्स समूहको ०.८५ अंकले बढेर १ करोड ६८ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने बीमा कम्पनीहरुको १२६.१४ अंकले बढेर ३६ करोड १४ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै उत्पादन समूहको ५३.०६ अंकले बढेर ६ लाख ८ हजार ८०० रुपैयाको कारोवार भएको छ भने अन्य समूहको ४.३४ अंकले बढेर १ करोड १२ लाख १५ हजार रुपैयाको कारोवार भएको छ ।

होटल समूहको २९.३८ अंकले घटेर ४० लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने जलविद्युत समूहको १०३.३१ अंकले घटेर ५ करोड ६१ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा बढी लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको ८ करोड ५० लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै दोस्रोमा नेपाल बंगलादेश बैंक लिमिटेडको ७ कराेड ९५ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *