नेराबैँकको नयाँ व्यवस्थाको कार्यान्वयन माग

Post Date : February 23, 2017 | 7:21 am

काठमाडौँ, ११ फागुन । नेपाल चेम्बर अफ कमर्सले विद्यमान मौद्रिक नीतिमा अर्धवार्षिक समीक्षामार्फत नेपाल राष्ट्र बैंकले गरेको नयाँ व्यवस्थाको प्रभावकारी कार्यान्वयन हुनुपर्ने माग गरेको छ ।

चेम्बरले आज विज्ञप्ति जारी गरी पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा देखिएको तरलताको समस्या र सोबाट सिर्जित लगानीयोग्य रकमको अभावमा समग्र निजी क्षेत्र प्रभावित भएकाले अविलम्ब समाधान हुनुपर्नेमा जोड दिएको छ ।

बैंक तथा वित्तीय संस्थामा उत्पन्न समस्याबाट समग्र अर्थतन्त्रमा नै नकारात्मक प्रभाव पर्ने सम्भावनालाई दृष्टिगत गर्दै यस्ता समस्या नदोहोरिने गरी प्रभावकारी अनुगमन गर्नुपर्नेमा चेम्बरले बैंकलाई अनुरोध गरेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *