नेशनल माइक्रोफाइनान्स तेस्रो वर्ष प्रवेशको अवसरमा रक्तदान कार्यक्रम

Post Date : July 4, 2016 | 11:12 am

काठमाडौं, २० असार । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड तेस्रो वर्षमा प्रवेश गरेको छ । तेस्रो वर्ष प्रवेशको अवसरमा धादिङवेशीमा रक्तदानको कार्यक्रम गरेको थियो । उक्त रक्तदान कार्यक्रममा २९ जनाले रक्तदान गरेका थिए ।

कार्यक्रममा नेशनल माइक्रोफाइनान्सका अध्यक्ष केशवप्रसाद आचार्यको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

संस्थाले दुईवर्षको अवधिमा २४ जिल्लाको २४ वटा शाखा कार्यालय मार्फत २८ हजार घरपरिवारलाई ८५ करोड रुपैया कर्जा लगानी गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *