न्यादी जलविद्युत आयोजनाको ठेक्का जजियाङ हाइड्रोपावरलाई

Post Date : January 17, 2017 | 1:54 pm

काठमाडौँ, ४ माघ । न्यादी हाइड्रोपावर लिमिटेडले लमजुङको बाहुनडाँडा गाविसमा निर्माण गर्न लागेको ३० मेगावाट क्षमताको न्यादी जलविद्युत आयोजनाको ठेक्का चिनियाँ कम्पनी जजियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एण्ड इन्स्टलेसन कम्पनी लिमिटेडलाई दिने भएको छ । चिनिया कम्पनीले आयोजनाको सिभिल, हाइड्रो मेकानिकल र इलेक्ट्रोमेकानिकल कामको ठेक्का पाएको हो । सो सम्बन्धी सम्झौतामा न्यादी हाइड्रोपावरका अध्यक्ष राजीव राजभण्डारी र जजियाङ हाइड्रोपावरका अध्यक्ष लिऊ कोछिङले हस्ताक्षर गर्नुभएको छ ।

आयोजना सन् २०१७ को फेब्रुअरीदेखि शुरु भई ३८ महिनाको अवधिमा (सन् २०२० अप्रिल) सम्पन्न हुने जनाएको छ ।

आयोजनामा एभरेष्ट बैंकको नेतृत्वमा नबिल बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक र सनराइज बैंकसहित जलविद्युत लगानी तथा विकास कम्पनीले समेत लगानी गर्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *