न्युयोर्कमा नेपाली वस्तु प्रवर्द्धन गरिने

Post Date : July 22, 2016 | 11:29 am

काठमाडौँ, ६ साउन । वर्ल्ड विजिनेस म्यानेजमेन्ट एन्ड कन्सल्ट्यान्टले नेपाल र संयुक्त राज्य अमेरिकाबीच व्यापार व्यवसाय विस्तार गर्ने उद्देश्यले आउँदो असोज १४ देखि १६ गतेसम्म न्युयोर्कमा ‘नेपाल एक्जिबेसन एन्ड इन्टरनेसनल ट्रेड सो’ आयोजना गर्ने भएको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा कन्सल्ट्यान्टका निर्देशक कृष्ण लामिछानेले उक्त व्यापारिक मेलामा नेपाली उत्पादनलाई अमेरिका हुँदै विश्व बजारसम्म पु¥याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै अमेरिकाले भन्सार छुट गरेका विभिन्न ६६ प्रकारका वस्तुलाई प्रदर्शनमा राखिने जानकारी दिनुभयो ।

कपडा तथा गलैँचा, हस्तकलासम्बन्धी सामग्री, छालाजन्य वस्तु कपडा, झोला, जुत्ता, मफलर, टोपी, नेपाली शैलीमा निर्माण गरिएका सुनका गरगहना नेपाली उत्पादनका रुपमा प्रदर्शनीमा समावेश गरिनेछ ।

दुई वर्षदेखि वस्तु उत्पादन गरेका, खुद्रा वा थोक व्यापार गरेका, सरकारी कर तिरेका, स्वदेशी तथा विदेशी मेलामा सहभागी भई अनुभव हासिल गरेका, बैंकिङ प्रक्रियाबाट कारोबार गरेका उद्योगीलाई प्रदर्शनीमा सहभागी गराइनेछ ।

प्रदर्शनीमा नेपालबाट जाने व्यवसायीलाई ३०० तथा विश्वका अन्य स्थानमा बसेका नेपाली व्यवसायीलाई ७२ कक्षको व्यवस्था गरिएको आयोजकले जनाएको छ । नेपाल महिला उद्यमी महासङ्घका सुमित्रा पलाञ्चोके (श्रेष्ठ) ले मुलुकका विभिन्न उत्पादन प्रवद्र्धन गरी नेपालका कुन उत्पादनको अन्तर्राष्ट्रिय तहमा कस्तो माग छ, त्यसका बारेमा अध्ययन गर्न प्रदर्शनीले सहयोग गर्ने बताउनुभयो ।

विभिन्न स्थानमा अन्तर्राष्ट्रियस्तरको टिमुरको छोप आपूर्ति गर्दै आएको नेपाली मन उद्योगका सञ्चालिका बसुमाया तामाङले अन्तर्राष्ट्रिय तहमा नेपालको प्रतिष्ठा बढाउने र नेपाली व्यवसायीको व्यापार वृद्धिका साथै पर्यटन क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्ने विचार व्यक्त गर्नुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *