‘न्युरोड मोबाइल महोत्सव’ पुस १३ गतेदेखि

Post Date : December 25, 2016 | 4:34 pm

काठमाडौँ, १० पुस । ‘जहाँ मोबाइल बजार त्यहीँ मोबाइल महोत्सव’ भन्ने मूलनाराका साथ पुस १३ गतेदेखि ‘न्युरोड मोबाइल महोत्सव– २०७३’ हुने भएको छ ।

नेपाल मोबाइल व्यवसायी सङ्घले आयोजना गरेको सो महोत्वसव पुस १९ गतेसम्म सञ्चालन हुनेछ । नेपालको मोबाइल हबको रूपमा परिचित पाको न्युरोडमा हुने महोत्सवलाई ‘एनसेलले’ प्रायोजन गर्नेे यहाँ आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सङ्घले अङ्ग्रेजी नयाँ वर्ष २०१७ को अवसरमा नेपालको सबैभन्दा ठूलो र पुरानो मोबाइल केन्द्र, पाको न्युरोडस्थित ताम्राकार कम्प्लेस, पिपुल्स प्लाजालगायतका क्षेत्रमा महोत्सवको तयारी पूरा भएको सङ्घका संयोजक पुरूषोत्तम बस्नेतले जानकारी दिनुभयो ।

सङ्घमा हाल ५०० भन्दा बढी व्यावसायी आबद्ध छन् ।

नेपालीले पनि गुणस्तरीय मोबाइल सेट खरिद गरून र नठगिउन भन्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा सबै मोबाइल ब्रान्ड रहने र नयाँ वर्षको अवसरमा मोबाइल खरिदकर्तालाई अधिकतम छुट दिइने संयोजक बस्नेतले जानकारी दिनुभयो ।

महोत्सव अवधिभर स्मार्टफोन खरिदकर्तालाई एनसेलको सिम तथा एक सय एमबीको डाटा सहुलियत दिइनेछ ।

महोत्सव अवधिभर मोबाइल बजारको विभिन्न स्थानमा फूड जोन, किड्स जोन, गेमिङग जोन ग्राहकको लागि राखिने र हरेक मोबाइलमा विशेष छुट दिइने महोत्सवका सहसंयोजक आविष्कारलाल श्रेष्ठले जानकारी दिनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *