पन्ध्र वर्ष पुराना डिजेल गाडी हटाऊः भारतीय ग्रीन कोर्ट

Post Date : July 21, 2016 | 3:39 pm

नयाँ दिल्ली (भारत), ५ साउन । भारतीय ‘ग्रीन कोर्ट’ ले डिजेलबाट चल्ने १५ वर्ष पुराना सम्पूर्ण गाडीलाई राजधानी नयाँ दिल्ली क्षेत्रमा चल्नबाट रोक लगाउन बुधबार निर्देशन गरेको छ ।

भारतीय नेसनल ग्रीन ट्रिबुनलले १५ वर्ष पुराना र वातावरणीय मूल्य मान्यता विपरित राजधानीमा चलिरहेको डिजेल गाडीमा प्रतिबन्ध र त्यस्ता गाडीलाई चलाउन दिइएका स्वीकृति पत्रलाई रद्द गर्न प्रशासनलाई आदेश दिएको हो ।

दिल्लीमा बढ्दो वातावरण प्रदूषणका वाहक मानिएका डिजेलद्वारा चल्ने पुराना गाडीलाई हटाउने निर्णयले दिल्लीको प्रदूषण नियन्त्रणमा सुधार आउने बताइएको छ ।

उक्त अदालतले दिल्ली, गुरगाउँ र नोयडा क्षेत्रमा यस्ता गाडी चल्नमा प्रतिबन्ध लगाउन आदेश गर्नुपूर्व दिल्ली क्षेत्रीय यातायात कार्यालयलाई यही जुलाई १८ मा आगामी १० वर्षभित्रमा डिजेलबाट चल्ने गाडीको दर्ता रद्द गर्न भनेको थियो ।

यद्यपि यातायात विज्ञहरुले दिल्ली क्षेत्रमा चल्ने डिजेल गाडी अत्यधिक भएको बताउँदै १० वर्षभित्रमा डिजेल गाडीलाई हटाउन असम्भव हुने राय दिएका थिए । रासस/सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *