परामर्श सेवा लिन नेपाल टेलिकमले विदेशी कम्पनीसँग सम्झौता गर्यो

Post Date : December 22, 2016 | 12:27 pm

काठमाडौँ, ७ पुस । नेपाल टेलिकममा रणनीतिक साझेदार नियुक्ति, कार्यान्वयन लगायत आवश्यक कार्यहरुमा परामर्श दिनका लागि परामर्शदातासँग सम्झौता सम्पन्न भएको छ । बोलपत्रमार्फत छनोट भएको परामर्शदाता Analysys Mason Limited UK सँग २०७३ पुस ५ गते उक्त सम्झौता सम्पन्न भएको हो ।

सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक कामिनी राजभण्डारी र Analysys Mason Limited UK को तर्फबाट रोहन धमिजा (Partner Head-India & South Asia) ले हस्ताक्षर गर्नुभयो ।
उक्त संस्थाले नेपाल टेलिकमको Due Diligence तथा शेयर विनिवेश गर्ने लगायतका रणनीतिक साझेदार भित्र्याउनका लागि आवश्यक सबै प्रक्रिया पूरा गर्न परामर्श दिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *