पर्वतबासीका लागि युनाइटेड मोदी हाइड्रोपावरको शेयर निष्काशन हुने

Post Date : September 4, 2016 | 3:03 pm

काठमाडौं, १९ भदौ । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्र पर्वत जिल्लाका बासिन्दाका लागि एकसय अंकित दरका ११ लाख ५० हजार कित्ता शेयर आउँदो भाद्र २६ गतेदेखि निष्काशन गर्न लागेको छ । पर्वतबासीहरूले न्यूनतम ५० कित्ता र अधिकतम १० हजार कित्ताका लागि दरखास्त दिन सक्नेछन् । कम्पनीको शेयर चाँडोमा असोज ९ गते र ढिलोमा असोज ३० गते बन्द हुनेछ ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । इक्रा नेपालले कम्पनीको आइपिओलाई ग्रेड ३ रेटिङ दिएको छ । कम्पनीले आ.व. २०७२/७३ मा ३ करोड ९३ लाख रुपैया खुद मुनाफा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *