पहिलो त्रैमासिकमा हिमालयन बैंकको खुद मुनाफा ४३ करोड ८४ लाख रुपैया

Post Date : November 16, 2016 | 1:27 pm

काठमाडौँ, १ मंसिर । हिमालयन बैंकले चालु आर्थिक वर्ष २०७३।७४ को पहिलो त्रैमासिकमा ४३ करोड ८४ लाख ६१ हजार रुपैया खुद मुनाफा गरेको छ । बैंकले गत वर्षको यसै अवधिमा ३२ करोड २७ लाख ८५ हजार रुपैया खुद मुनाफा गरेको थियो ।

बैंकले चालु आ.व.को पहिलो त्रैमासिकसम्म ९३ अर्ब २२ करोड ६२ लाख निक्षेप संकलन, ७२ अर्ब १८ करोड ३९ लाख रुपैया कर्जा प्रवाह र २० अर्ब १२ करोड ५० लाख रुपैया लगानी गरेको छ । बैंकको निस्क्रीय कर्जा १ दशमलब १७ प्रतिशत गरेको छ ।

बैंकको हाल चुक्ता पूँजी ४ अर्ब ९६ करोड ४३ लाख ५७ हजार रुपैया र ४ अर्ब ८१ करोड ३७ लाख ७८ हजार रुपैया जगेडा कोषमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *