पाँच अर्ब ७८ करोड राजस्व सङ्कलन

Post Date : June 21, 2017 | 4:01 pm

पोखरा, ७ असार । आन्तरिक राजस्व कार्यालय पोखराले चालु आवको जेठ मसान्तसम्ममा रु पाँच अर्ब ७८ करोड २२ लाख ५७ हजार राजस्व सङ्कलन गरेको छ ।

सो अवधिमा कार्यालयले आयकरतर्फ रु एक अर्ब ५९ करोड ८४ लाख ७१ हजार तथा स्वास्थ्य र अन्तःशुल्कतर्फ रु तीन अर्ब ६० लाख ७२ हजार राजस्व सङ्कलन गरेको कार्यालयका सूचना अधिकृत विजय लामिछानेले जानकारी दिनुभयो ।

त्यस्तै मूल्य अभिवृद्धि करतर्फ रु ८४ करोड ९३ लाख ९९ हजार, घर भाडा करतर्फ रु १२ करोड ८८ लाख १८ हजार, शिक्षालगायत अन्य करतर्फ राजस्व सङ्कलन गरिएको हो । गण्डकी र धवलागिरि अञ्चलका १० जिल्लामा एक लाख १६ हजार ४४५ करदाता रहेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *