पाैने ३ अर्बको कारोवार गरेर शेयरबजारले इतिहास रच्यो

Post Date : July 26, 2016 | 3:44 pm

काठमाडाैं, ११ साउन । अाज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा २८.०१ अंकले बढेर १८६६.५० बिन्दुमा पुगेको छ । कुल ११७४३ कारोवारबाट ५८ लाख ८८हजार ७११ कित्ता शेयर किनबेच भई २ अर्ब ७५ करोड ३७लाख ७९ हजार ४९२ रुपैयाको कारोवार भएको छ ।

अाज शेयर कारोवारले अहिलेसम्मकै सबैभन्दा बढी कारोवार गरेको छ । उत्पादन समूहको शेयर कारोवार अोरालो लागेको छ भने अरु सबै समूहको कारोवार उकालो लागेकाे छ ।

वाणिज्य बैंकहरुको २७.२४ अंकले बढेर १ अर्ब ४२ करोड रुपैयाभन्दा बढीको कारोवार भएको छ भने होटल समूहको ७६.०३ अंकले बढेर २ करोड ७७ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै विकास बैंक समूहको ७३.९ अंकले बढेर ४५ करोड ४१ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने जलविद्युत समूहको ३०.०५ अंकले बढेर ७ करोड ८८ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ । फाइनान्स समूहको २२.३२ अंकले बढेर १४ करोड ६३ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने बीमा कम्पनीहरुको ३१.६ अंकले बढेर ४६ करोड ३७ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै अन्य समूहको ०.८६ अंकले बढेर ३ करोड १६ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ ।

उत्पादन समूहको ६४.३८ अंकले घटेर ६ लाख १५ हजार ४० रुपैयाको मात्रै कारोवार भएको छ ।

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा बढी सिद्धार्थ बैंक लिमिटेडको करिब २५ कराेड रुपैयाको कारोवार भएकाे छ । त्यस्तै दोस्रोमा नेपाल बङ्गलादेश बैंक लिमिटेडको १३ करोड रुपैयाभन्दा बढीको कारोवार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *