पुनःनिर्माणको पाँचवर्षे कार्ययोजना सार्वजनिक

Post Date : May 12, 2016 | 6:34 pm

काठमाडांैँ, ३० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनःनिर्माणसम्बन्धी पाँचवर्षे कार्ययोजना व्यवस्थापिका–संसद्मार्फत आज सार्वजानिक गर्नुभयो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले यही पुस १० गतेदेखि कार्य सुरु गरेको थियो । उहाँले भूकम्पपश्चात पुनःनिर्माणसम्बन्धी स्पष्ट मार्ग निर्देशन कार्ययोजनाले प्रदान गरेको जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले भूकम्पछिको विस्तृत अध्यययन प्रतिवेदन ९पिडिएनए० को सट्टामा कार्ययोजना आएको होइन भन्नुभयो ।

भूकम्पपछि पुनःनिर्माणका लागि सरकारी, निजी दातृ निकायलाई स्पष्ट मार्गदर्शनका लागि कार्ययोजना ल्याइएको उहाँले स्पष्ट पार्नुभयो । यसअघि पिडिएनएको प्रतिवेदनमा रु छ खर्ब ९९ अर्ब लागत प्रक्षेपण गरिएकामा अहिले क्षतिग्रस्त घरधुरीको सङ्ख्या थप देखिएको र मन्त्रालयले समेत थप माग गरेका कारण अहिलेको रकम वृद्धि भएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

उहाँले कार्ययोजनाले रु ८३८ अर्ब बराबरको रकम पाँच वर्षका लागि विनियोजन गरेको जानकारी दिँदै दुई वर्षभित्रमा सबै आवास निर्माण गरिसक्ने गरी निजी आवासका लागि रु छ खर्ब ४५ अर्ब, उत्पादन क्षेत्रमा रु एक खर्ब छ अर्ब, प्रवद्र्धनात्मक खर्चमा रु ६१ अर्ब र अन्तरविनियोजनमा रु २६ अर्ब विनियोजन गरिएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले पाँच वर्षभित्र सबै सांस्कृतिक तथा पुरातात्विक धरोहरको पुनःनिर्माण गरिसक्ने, तीन वर्षभित्र स्वास्थ्य चौकी, अस्पताल र सरकारी भवन निर्माण गरिसक्ने गरी कार्ययोजना आएको जानकारी दिनुभयो । उहाँले महत्वपूर्ण निर्माणका लागि आवश्यक नीति र संरचनागत व्यवस्था, आवश्यक वित्तीय व्यवस्थापनको मार्ग निर्देशन कार्ययोजनामा रहेको बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *