पुष्प व्यवसायबाट मनग्य आम्दानी

Post Date : October 19, 2016 | 5:34 pm

पोखरा, ३ कात्तिक । पोखरा उपमहानगरपालिका– १७ बिरौटाकी मन्जिता भण्डारीले भाडामा लिएको ६ रोपनी जग्गामा लगाएकोे फूलखेतीबाट मनग्य आम्दानी गर्दैआउनुभएको छ ।

असोज महिनाको दोस्रो सातायता उहाँले फूल बिक्रीबाट रु ५० हजार आम्दानी गर्नुभएको छ । रु सात लाख कमाउने भण्डारीको लक्ष्य छ । फूलखेती गर्न उहाँले रु दुई लाख ५० हजार खर्च गर्नुभएको छ । तिहारलाई लक्षित गरी लगाइएका ४४५ कोलकतिया र ४४० मेरिगोल्ड जातका फूल बारीबाटै प्रतिथुङ्गा रु पाँचका दरले बिक्री गर्ने गरेको भण्डारीको भनाइ छ ।

बाराही नर्सरीका सञ्चालक भण्डारीले विगत तीन वर्षदेखि फूल व्यवसायमा संलग्न हुनुहुन्छ । पोखरामा फूलको माग अत्यधिक भए पनि बीउ, बेर्ना, मल र कामदारको अभाव छ । “फूलको आयात रोक्नुपर्छ,” उहाँले भन्नुभयो । कोलकतिया जातका फूलका बिरुवा हेटौँडाबाट ल्याइएको हो ।

पोखरा र यसआसपासको क्षेत्रमा करिब रु २० करोड बराबरको फूल उत्पादन भए पनि यसले बजारको माग ७५ प्रतिशतमात्र पूरा गर्न सकेको फ्लोरिकल्चर एसोसियसन कास्कीका अध्यक्ष दयाकुमार द्वाले जानकारी दिनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *