पूर्णिमा विकास बैंकको एटिएम रुपन्देहीको धकधईमा

Post Date : April 25, 2017 | 11:22 am

रुपन्देही, १२ वैशाख । पूर्णिमा विकास बैंकले रुपन्देहीको धकधईमा रहेको शाखा कार्यालयमा एटिएम स्थापना गरी संचालनमा ल्याएको छ । बैंकका अध्यक्ष विधानचन्द्र श्रेष्ठले एटिएमको उद्घाटन गर्नु भएको छ । बैंकले ८ वटा शाखामार्फत बैंकिङ सेवा दिइरहेको छ ।

बैंकको हाल चुक्ता पूँजी ३५ करोड २३ लाख रुपैयाँ रहेको छ । बैंकले चुक्ता पूँजी ५० करोड रुपैयाँ पुरयाउनको लागि २५ प्रतिशत हकप्रद शेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा २०७३ चैत १६ गते निवेदन दिइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *