पूर्णिमा विकास बैंकको ४ बराबर १ को अनुपातमा हकप्रद शेयर

Post Date : April 2, 2017 | 11:03 am

काठमाडौँ, २० चैत । पूर्णिमा विकास बैंकले ४ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशनको लागि अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । बैंकले ८ लाख ८० हजार ९ सय ६२ दशमलब ८२ कित्ता बराबर ८ करोड ८० लाख ९६ हजार २ सय ८२ रुपैयाँको हकप्रद निष्काशनको लागि आवेदन दिएको छ ।

बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को दोस्रो त्रैमासिकमा २ अर्ब ४३ करोड २५ लाख रुपैयाँ संकलन र २ अर्ब ४ करोड ६३ लाख रुपैयाँ कर्जा प्रवाह गरी ४ करोड ९६ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । त्यस्तै बैंकको निस्क्रि कर्जा ०.३१ प्रतिशत र कर्जा निक्षेप अनुपात ७२.५१ प्रतिशत रहेको छ । बैंकको चुक्ता पूँजी ३५ करोड २३ लाख ८५ हजार रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *