पूर्णिमा विकास बैंकको ७ करोड ५३ लाख रुपैयाँ खुद मुनाफा

Post Date : April 25, 2017 | 9:33 pm

काठमाडौँ, १२ वैशाख । पूर्णिमा विकास बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को तेस्रो त्रैमासिकमा २ अर्ब ३५ करोड ५१ लाख रुपैयाँ निक्षेप संकलन र २ अर्ब ३ करोड १२ लाख रुपैयाँ कर्जा प्रवाह गरी ७ करोड ५३ लाख ७७ हजार रुपैयाँ खुद मुनाफा गरेको छ ।

बैंकको निस्क्रिय कर्जा ०.२९ प्रतिशत र कर्जा निक्षेप अनुपात ७१.७४ प्रतिशत रहेको छ ।

बैंकको हाल चुक्ता पूँजी ३५ करोड २३ लाख ८५ हजार रुपैयाँ छ भने जगेडा कोषमा १२ करोड ३९ लाख २ हजार रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *