पूर्वाञ्चल महोत्सवमा रु तीन करोडको कारोबार

Post Date : March 5, 2017 | 12:46 pm

बनियानी (झापा), २२ फागुन । झापाको सदरमुकाम भद्रपुरमा आयोजना गरिएको पूर्वाञ्चल क्षेत्रीय औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सवमा रु तीन करोड बराबरको कारोबार भएको छ ।

नेपाल उद्योग वाणिज्य सङ्घ झापाको आयोजनामा दश दिनसम्म सञ्चालन भएको महोत्सवमा करिब रु तीन करोड बराबरको कारोबार भएको झापा उद्योग वाणिज्य सङ्घका महासचिव पङ्कज शर्माले जानकारी दिनुभयो । झापासहित इलाम, मोरङ, पोखरा, धादिङ तथा भारतका विभिन्न स्थानबाट दैनिक चार सयभन्दा बढीले महोत्सव अवलोकन गरेको उहाँले बताउनुभयो ।

महोत्सव उत्साहजनक नभए पनि निराशाजनक पनि नरहेको झापा उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष कालीचरण बस्नेतले बताउनुभयो । महोत्सवले नेपालको पुरानो नगरी भद्रपुरको आर्थिक समृद्धि र विकासमा सहयोग पुरयाएको स्थानीयवासी आदित्य पौडेलले बताउनुभयो । फागुन १२ गतेदेखि सुरु भएको महोत्सव २१ गते सम्पन्न भएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *