पेट्रोलियम पदार्थ बिक्री वितरणमा सहजता र सुधार

Post Date : December 4, 2016 | 5:21 pm

विराटनगर, १९ मङ्सिर । पूर्वाञ्चलमा पेट्रोलियम पदार्थको बिक्री वितरणमा समस्या नरहेको देखिएको छ ।

केही दिन अगाडि ट्यांकर चालकको आन्दोलन फिर्ता भएको र भारतबाट पेट्रोलियम वितरणको आयातमा पनि समस्या नरहेको नेपाल आयल निगम पूर्वाञ्चल क्षेत्रीय कार्यालय क्षेत्रीय प्रमुख दिनेशकुमार यादवले बताउनुभयो ।

अहिले पूर्वाञ्चलमा निगमको डिपोबाट पेट्रोलियम पदार्थको वितरण अत्यन्त सहज, सरल र पारदर्शी ढङ्गबाट भएको उल्लेख गर्दै प्रमुख यादवले आफ्नो डिपोमा पेट्रोलियम पदार्थको मौज्दात पूरा रहेको जिकिर गर्नुभयो ।

कार्यालयका अनुसार भारतको बरौनी रिफाइनरी डिपोबाट विराटनगर डिपोमा दैनिक १५ ट्यांकर अर्थात् करिब तीन लाख लि पेट्रोल तथा ३५ ट्यांकर अर्थात् सात लाख लि डिजेल जोगबनी नाकाबाट यहाँ आउने गरेको छ ।

कार्यालयका अनुसार आफ्नो डिपोबाट पूर्वाञ्चलमा पेट्रोल तीन लाख लि तथा डिजेल आठ लाख लि बिक्री वितरण भइरहेको छ । बिक्री वितरण सहज भएपछि पेट्रोलियम पदार्थको कालाबजारी बन्द भएको पम्प व्यवसायी बताउँछन् ।

पूर्वाञ्चल पम्पका सञ्चालक महेश अग्रवालले विगतका तुलनामा पूर्वाञ्चल निगम कार्यालयबाट पेट्रोलियम पदार्थको बिक्रीवितरणमा धेरै सुधार भइसकेको स्पष्ट गर्नुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *