पेसागत महासङ्घमा प्याकुरेल विजयी

Post Date : June 20, 2016 | 6:21 am

काठमाडौँ, ५ जेठ । पेसागत महासङ्घ नेपालको छैटौँ महाधिवेशनबाट अध्यक्षमा विश्वनाथ प्याकुरेल विजयी हुनुभएको छ ।

प्याकुरेलले अर्का अध्यक्षका प्रतिस्पर्धी बाबुराम थापालेभन्दा ११४ मत बढी प्राप्त गरी अध्यक्षमा विजयी हुनुभएको हो । प्याकुरेलले ३७१ र थापाले २५७ मत प्राप्त गर्नुभएको थियो ।

महासङ्घका पदाधिकारीसहित ६८ नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा प्रमेलकुमार खनाल, उपाध्यक्षमा लालबहादुर पाख्रिन, उदया शर्मा, योगेन्द्र यादव, कृष्णमान श्रेष्ठ, गम्भीरलाल श्रेष्ठ, शङ्कर सुवेदी, दीपकराज सुवेदी र दीपक सुवेदी रहनुभएको छ ।

त्यस्तै, महासचिवमा विष्णु लामिछाने, उपमहासचिवमा पुर्णा जोशी, सन्तोषकुमार सिंह, गगनसिंह विष्ट, किशोरकुमार नेपाली, रामप्रसाद रिमाल निर्वाचित हुनुभएको हो । सचिवमा सीताकुमारी ओझा, भक्तराज पोखरेल, नारायणकुमार मास्के निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा श्यामप्रसाद पाण्डे र सहकोषाध्यक्ष भोलानाथ उपाध्याय विजयी हुनुभएको छ ।

सभामुख हिरा नेपाल, उपसभामुख मोहनकुमारी शाह, लेखासंयोजक टङ्कप्रसाद पाण्डे, लेखा सदस्य राधिका ढकाल, लेखा सदस्य लक्ष्मणप्रसाद बजगार्इं निर्वाचित हुनुहुन्छ ।

सदस्यमा जितबहादुर महत, अमर पौडेल, छवीन्द्र बेलवासे, चक्रपाणि आचार्य, कृष्णचन्द्र उप्रेती, रामशरण बोहरा, लिलिपकुमार भट्टराई, जानुका गुरागार्इं, यमुना पौडेल, रम्भा पौडेल, राधालक्ष्मी खरेल, रिता श्रेष्ठ, सम्झना बुढा निर्वाचित हुनुभएको छ ।

त्यस्तै, हेमलता धिताल, हरिकृष्ण दाहाल, राजकुमार गिरी, केशवकुमारी खत्री कार्की, विक्रम भण्डारी, अशेष लम्साल, टिना सुवेदी, ईश्वरीप्रसाद सुवेदी, विनोद मिश्र, उर्मिला खनाल, देवीप्रसाद बस्याल, विष्णु आचार्य, लोचना अधिकारी निर्वाचित हुनुभयो ।

त्यसैगरी, टेकेन्द्र घर्तीमगर, लोकनाथ ज्ञवाली, लक्ष्मी ढुङ्गाना, यज्ञबहादुर रेग्मी, मनिराज बराल, विष्णुमाया भाम, जहरसिंह थापा, शान्तराज जोशी, गङ्गा बोगटी, माला गौतम, हरिदेव यादव, रेखाकुमारी सिंह, खगेन्द्र राई, रणबहादुर घर्तीमगर, हरिश्चन्द्र विक, देवीकृष्ण चौलागार्इं निर्वाचित हुनुभएको हो ।

नवनिर्वाचित पदाधिकारीका बारेमा जानकारी दिन यहाँ आज आयोजित पत्रकार सम्मेलनमा नवनिर्वाचित अध्यक्ष प्याकुरेलले आगामी दिनमा ट्रेड युनियन आन्दोलनलाई गति दिन महाधिवेशनबाट निर्वाचित पदाधिकारी कोसेढुङ्गा हुने खालको काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यही असार ३ गतेदेखि महासङ्घको महाधिवेशन सुरु भएको महाधिवेशनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो । महाधिवेशनमा ८०० प्रतिनिधि रहेका थिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *