पैसाको बोट

Post Date : June 2, 2016 | 12:51 pm

आफन्तको बीचमा आर्थिक रुपले विपन्न भएर कोही पनि निकृष्ट जीवन बाँच्न चाहँदैन । हरेक क्रयविक्रयका माध्यम धनै भएकाले अचेत दिन–प्रतिदन यसको महत्व बढ्दो छ । मानिसहरु धन कमाउने अनेक उपायको खोजीमा रहेका देखिन्छन् । त्यसमा पनि बाल्यावस्था पूरा गरी वयस्क नभइसकेका किशोरकिशोरीमा अझ बढी पैसाको चाहना र चासो रहेको पाइन्छ । तर उनीहरु पैसाको जोगाड गर्ने तरिकासँग भने प्रायः अनभिज्ञ नै रहेका देखिन्छन् ।

प्रस्तुत कथा, वित्तीय साक्षरताका सन्दर्भमा किशोरकिशोरीलाई नै लक्षित गरी लेखिएको हो । यसमा अर्थ सङ्कलनका केही विधि, वचतका योजना र खर्चको व्यवस्थापनका सन्दर्भमा प्रकाश पारिएको छ ।

आशा छ जुन उमेर समूहका लागि प्रस्तुत पुस्तक तयार पारिएको हो, त्यो उमेर समूहका अतिरिक्त अन्य पाठक महानुभाव पनि यसबाट लाभान्वित हुनुहुनेछ ।

– प्रकाशकीय
नेपाल राष्ट्र बैंक, वित्तीय सेवा पहुँच अभिवृद्धि आयोजना

One thought on “पैसाको बोट

  • Sarai Ramro .Yo Pustak Online marakhera Derai Ramro Garnu Bhayo………….Sabai School Ma yo Book Aka Patak Padhau nai par chha.

Leave a Reply

Your email address will not be published. Required fields are marked *